झापामा हात्तीको आतंक : एक वर्षमा दुई करोड क्षति, ६ जनाले ज्यान गुमाए

Image
Nisarga Hospital

झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ। डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा हात्तीपीडितलाई कुल एक करोड ९९ लाख ९० हजार ६८६ रुपैयाँ राहत वितरण गरेको जनाएको छ।

CP Hospital Dhangadhi

कार्यालयका अनुसार हात्तीको आक्रमणबाट एक वर्षमा ६ जनाको मृत्यु भएको छ भने १७ जना सख्त घाइते भएका छन्। मृतकका परिवारलाई जनही १० लाखका दरले ६० लाख रुपैयाँ र घाइतेलाई २६ लाख ६० हजार ८६२ रुपैयाँ राहत उपलब्ध गराइएको कार्यालय प्रमुख नथुनी गोइवार यादवले जानकारी दिए।

Attariya Hospital

हात्तीका कारण १५ वटा पशुधनमा क्षति पुगेकोमा एक लाख ५० हजार रुपैयाँ, भण्डारण गरिएको अन्न नष्ट भएका १९१ घटनामा १५ लाख २० हजार २६४ रुपैयाँ र २६८ घर तथा गोठमा भएको क्षतिबापत ४२ लाख ५४ हजार ५६० रुपैयाँ राहत वितरण गरिएको छ।

nawajiwan

त्यस्तै, अन्नबालीमा भएको क्षतिबापत पीडितलाई ५४ लाख पाँच हजार रुपैयाँ क्षतिपूर्ति दिइएको कार्यालयले जनाएको छ। पछिल्लो समय झापामा जंगली हात्तीको आवतजावत र आक्रमण बढ्दा स्थानीय बासिन्दा त्रसित छन्। मानव बस्तीमा हात्ती प्रवेश गर्ने क्रम बढेपछि जनधनको सुरक्षा चुनौतीसमेत बढेको छ।