सुदूरपश्चिमका खेलाडीको संघर्षप्रति सम्मान, खेलकुदमा लगानी बढाउन आग्रह

Image
oplus_0
Nisarga Hospital

अत्तरिया: पीएफए स्पोर्ट्स क्लब अत्तरियाको आयोजनामा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारी तथा गोदावरी नगरपालिका क्षेत्रबाट राष्ट्रियस्तरमा पदक जित्ने खेलाडीलाई बधाई तथा सम्मान गरिएको छ।

CP Hospital Dhangadhi

अत्तरिया स्थित पीएफ स्पोर्ट्स क्लबमा आयोजित कार्यक्रममा सैनिक आवासीय महाविद्यालयको विशेष सहकार्य तथा तेक्वान्दो, कराते डोजाङसहित नगर क्षेत्रका विभिन्न खेलकुद क्लबहरूको सहभागिता रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य क्लबका वरिष्ठ सल्लाहकार तथा शिक्षाविद् डा. डम्बरबहादुर पालले गरेका थिए।

oplus_0

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताबाट छनोट भई राष्ट्रियस्तरमा पदक जितेका गोदावरी क्षेत्रका खेलाडीलाई कार्यक्रममा सम्मान गरिएको हो। सम्मानित हुनेमा १०० मिटर दौडका सुरेश चौधरी, तेक्वान्दोका अमन चौधरी, उसुका चेत जोरा र नवीन सार्की तथा महिला फुटबल खेलाडी मिना देउवा रहेका छन्।
oplus_0

कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोकेन्द्रबहादुर खड्काले विभिन्न संघसंस्थाको संयुक्त लगानी र सहकार्यबाट मात्रै खेलकुदको विकास सम्भव हुने बताए। उनले सुदूरपश्चिममा खेलकुद क्षेत्रमा लगानी न्यून रहेको भन्दै खेलाडीहरूले आफ्नै प्रयास र लगानीमा संघर्ष गर्दै प्रदेशको नाम उँचो बनाइरहेको उल्लेख गरे।

nawajiwan
Attariya Hospital

खेलकुदका लागि पालिकाहरूले पर्याप्त बजेट छुट्याउनुपर्नेमा जोड दिँदै खड्काले शिक्षा र स्वास्थ्यसँगै खेलकुदमा गरिएको लगानी पनि प्रभावकारी हुने बताए। उनले गोदावरीका साथै प्रदेशभर खेलकुद विकासका लागि आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए।

कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले गोदावरी नगरपालिकाले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताएका छन्। उनले आगामी वर्ष नगरस्तरीय हुँदै जिल्ला स्तरीय रनिङ सिल्ड प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए। खेलाडीको प्रतिभा विकास र प्रोत्साहनका लागि आवश्यक पूर्वाधार निर्माणमा पनि नगरपालिकाले पहल गर्ने उनको भनाइ छ। साथै, गोदावरीमा व्यवस्थित खेलमैदान तथा रंगशाला निर्माणका लागि प्रदेश खेलकुद परिषद्सँग समन्वय र आवश्यक पहल गरिदिन सदस्य–सचिव लोकेन्द्रबहादुर खड्कासँग आग्रह गरे।
https://www.facebook.com/share/p/1HszLtkW6P/