जन्मदिनमा अत्तरीयाकी धनाको उदाहरणीय काम, सुप समावेशी विद्यालयलाई खाद्यान्न सहयोग

Image
Nisarga Hospital

अत्तरिया उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष तथा सत्कार होटलकी सञ्चालिका धना खड्का चोखालले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयलाई खाद्यान्न सहयोग गरेकी छन्।

CP Hospital Dhangadhi

खड्का चोखालले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयलाई खाद्यान्न सामग्री सहयोग गरेकी हुन्। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको आवश्यकतालाई मध्यनजर गर्दै उनले खाद्यान्न सहयोग गरेको बताइएको छ।

जन्मदिनमा हुने अनावश्यक खर्चलाई सामाजिक तथा मानवीय सेवामा लगाउने उद्देश्यले विद्यालयलाई सहयोग गरिएको खड्का चोखालले बताइन्। उनले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छन्।

nawajiwan
Attariya Hospital

विद्यालय परिवारले जन्मदिनको अवसरमा विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै खाद्यान्न सहयोग गरेकोमा खड्का चोखालप्रति आभार व्यक्त गरेको छ।

सामाजिक सेवामार्फत आफ्नो विशेष दिन मनाउने उनको प्रयासले जन्मदिनलाई केवल व्यक्तिगत उत्सव नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा लिनुपर्ने सन्देश दिएको छ।