
कैलालको धनगढीका इन्जिनियर तर्कराज भट्ट नेपाली युवा उद्यमी मञ्चको राष्ट्रिय गभर्निङ काउन्सिलको कार्य समिति सदस्यमा निर्वाचित भएका छन्।

सन् २०२६२७ कार्यकालका लागि भएको निर्वाचनबाट भट्ट राष्ट्रिय नेतृत्वमा पुगेका हुन्। भट्ट यसअघि नेपाली युवा उद्यमी मञ्च कैलाली च्याप्टरको अध्यक्षका रूपमा नेतृत्व गरिसकेका छन् । हाल च्याप्टरको पुर्ब अध्यक्षका रूपमा रहेका छन्।

युवा उद्यमशीलता, व्यवसायिक नेतृत्व तथा निजी क्षेत्रको विकासमा सक्रिय भट्टको राष्ट्रिय कार्य समितिमा प्रवेशलाई सुदूरपश्चिमको युवा उद्यमशीलताको प्रतिनिधित्वका रूपमा समेत हेरिएको छ। नेपाली युवा उद्यमी मञ्चले नेपालका युवा उद्यमीलाई एउटै राष्ट्रिय सञ्जालमा जोड्दै उद्यमशीलता प्रवर्द्धन, नेतृत्व विकास, व्यवसायिक सहकार्य तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै आएको छ।

कैलाली च्याप्टरको नेतृत्व अनुभव सहित राष्ट्रिय कार्य समितिमा पुगेका भट्टले सुदूरपश्चिमका युवा उद्यमीका मुद्दालाई राष्ट्रिय तहमा उठाउन तथा देशभरका युवा उद्यमीबीच सहकार्य र अवसर विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। राष्ट्रिय कार्य समितिमा भट्टको प्रवेशले सुदूरपश्चिमबाट राष्ट्रिय स्तरको युवा उद्यमी संस्थामा नेतृत्वदायी प्रतिनिधित्वलाई थप बलियो बनाएको छ।





























