‘एक थोपा मदिरा प्रयोग भएको प्रमाणित भए सांसद पदबाट राजीनामा दिन्छु’ : ज्ञानबहादुर शाही

Image
Nisarga Hospital

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले आफूले जन्मदेखि अहिलेसम्म मदिरा सेवन गरेको प्रमाणित भए प्रतिनिधिसभा सदस्य पदबाटै राजीनामा दिने घोषणा गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै सांसद शाहीले आफूविरुद्ध सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट भ्रामक र गम्भीर आरोपहरू फैलाइएको भन्दै यस्तो चुनौती दिएका हुन्।

CP Hospital Dhangadhi

आफूमाथि ‘मदिरा सेवन गरेर जे पायो त्यही बोलेको’ तथा अश्लील भिडियोसँग जोडेर आरोप लगाइएको उनले बताए। यस्ता आरोपले आफ्नो चरित्रमाथि गम्भीर प्रश्न उठाएको भन्दै उनले संसद्कै स्वास्थ्यकर्मीको टोलीबाट आफ्नो शरीर परीक्षण गर्न माग गरे।

Attariya Hospital

शाहीले आफ्नो रगतदेखि शरीरका अन्य अंगसम्म परीक्षण गर्न आग्रह गर्दै जन्मदेखि आजसम्म शरीरमा मदिराको एक थोपा पनि प्रयोग भएको प्रमाणित भए सांसद पदबाट राजीनामा दिने स्पष्ट घोषणा गरे। तर, आरोप पुष्टि नभए गलत सूचना फैलाउनेहरूमाथि पनि स्वास्थ्य परीक्षण तथा आवश्यक छानबिन हुनुपर्ने उनको माग छ।

nawajiwan

उनले आफू अहिले संसद्को रोस्ट्रममा ‘अग्निपरीक्षा’ दिन उभिएको बताए। गलत तथा भ्रामक सूचनाका कारण ऐतिहासिक व्यक्तित्व भीमसेन थापाले आत्महत्या गर्नुपरेको प्रसंग उल्लेख गर्दै शाहीले आफू पनि त्यस्तै मानसिक दबाबको अवस्थामा पुगेको बताए। उनले भ्रामक सूचना र आरोपले व्यक्तिको प्रतिष्ठामात्र होइन, जीवनमै गम्भीर असर पार्न सक्ने भएकाले जिम्मेवार बन्न सबैलाई आग्रह गरे।