देशभर मनसुन सक्रिय : सुदूरपश्चिमसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदरभन्दा केही उत्तर तथा पूर्वी भूभागमा सरदर स्थान आसपास रहेको छ।

CP Hospital Dhangadhi

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा अधिकांश भूभागमा बादल लागेको छ। कोशी, बागमती र गण्डकीमा सामान्य बदली तथा मधेसमा आंशिक बदली रहेको छ। लुम्बिनीका केही स्थान तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। यी क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

nawajiwan
Attariya Hospital

लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा अन्य प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुनसक्नेछ। कर्णालीको पहाडी तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

आज राति हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली तथा तराईमा आंशिक बदली रहनेछ। हिमाली–पहाडी क्षेत्रका थोरै स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।