इरानी धम्कीपछि ट्रम्पको गोप्य उडान, एयर फोर्स वन छाडेर सानो विमानबाट बेलायत पुगे

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट हत्याको धम्की आएपछि गत महिना टर्कीबाट बेलायततर्फ यात्रा गर्दा गोप्य रूपमा सानो विमान प्रयोग गरेको खुलासा भएको छ। द वासिङ्टन पोस्टका अनुसार जुलाई ८ मा टर्कीको अङ्कारामा ट्रम्पलाई एयर फोर्स वनमा चढेको देखिए पनि केही समयपछि उनी ठूलो विमानबाट अलग्गिएर सानो सी–३२ए विमानमार्फत बेलायततर्फ प्रस्थान गरेका थिए।

CP Hospital Dhangadhi

पोस्टसँग कुरा गरेका एक अज्ञात अमेरिकी अधिकारीका अनुसार ट्रम्प एयर फोर्स वनमा प्रवेश गरेपछि खानपान सामग्री बोक्ने कन्टेनर जाने क्षेत्रतर्फ पुगेका थिए। त्यही माध्यमबाट उनलाई सानो सी–३२ए विमानसम्म पुर्‍याइएको र सोही विमानबाट बेलायत लगिएको बताइएको छ।

ट्रम्पले विमान परिवर्तन गरेको विषय गोप्य राख्न सञ्चारकर्मी र केही अधिकारीलाई उनी अझै एयर फोर्स वनमै रहेको विश्वास दिलाइएको थियो। ठूलो विमानमा रहेका पत्रकारलाई समेत झ्यालका पर्दा बन्द गर्न भनिएको थियो। पोस्टले सार्वजनिक गरेको भिडियोमा ट्रम्प एयर फोर्स वनमा चढेको केही मिनेटपछि खानपान सामग्री बोक्ने ट्रक बाहिरिएको र पछि उक्त ट्रक सानो सी–३२ए विमानतर्फ लगिएको देखिन्छ।

nawajiwan
Attariya Hospital

यसअघि अमेरिकी सञ्चारमाध्यमले इरानी प्रोक्सी समूहबाट सम्भावित सुरक्षा खतराका कारण ट्रम्पले कतारले उपहार दिएको नयाँ बोइङ ७४७–८ प्रयोग नगरेको जनाएका थिए। यस घटनाले नयाँ विमानको सुरक्षा क्षमतामाथि पनि प्रश्न उठाएको छ।

ह्वाइट हाउसले भने नयाँ विमान अत्याधुनिक रहेको र राष्ट्रपतिको सुरक्षाका लागि उच्चस्तरीय सुरक्षा प्रोटोकल लागू गरिएको दाबी गरेको छ। यद्यपि, ट्रम्पलाई ठूलो विमानबाट सी–३२एमा कसरी स्थानान्तरण गरियो भन्ने विषय अझै स्पष्ट भएको छैन।