देउवालाई विमानस्थलमै पाँच हजार नेता–कार्यकर्ताले स्वागत गर्ने

Image
Nisarga Hospital

नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएसँगै भव्य स्वागत गर्ने तयारी गरेको छ। यही साउन २८ गते नेपाल फर्कन लागेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेता–कार्यकर्ताको उपस्थितिमा स्वागत गर्ने तयारी गरिएको नेता एनपी साउदले जानकारी दिएका छन्।

CP Hospital Dhangadhi

साउदका अनुसार देउवाको स्वागतका लागि करिब पाँच हजार नेता–कार्यकर्ता विमानस्थलमा उपस्थित हुनेछन्। विमानस्थलबाट देउवालाई धुम्बाराहीस्थित निवाससम्म ‘स्कर्टिङ’ गर्दै लैजाने तयारीसमेत गरिएको छ।

Attariya Hospital

संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा सहभागी हुन उपत्यकाबाहिरबाट आउने तथा काठमाडौंमा रहेका प्रजातन्त्रवादी नेता–कार्यकर्ताले विमानस्थलमै पुगेर देउवाको स्वागत गर्ने साउदले बताए।

nawajiwan

उनका अनुसार देउवाको स्वागत कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारी अघि बढाइएको छ। लामो समयदेखि पार्टीभित्र सक्रिय रहेका नेता–कार्यकर्ताको सहभागितामा हुने स्वागतले इतर समूहको एकता र संगठनात्मक सक्रियता प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। देउवाको स्वागतपछि राष्ट्रिय भेलाका अन्य कार्यक्रम अघि बढाइने तयारी छ।