रोनाल्डो र जर्जिनाको प्रेमले पायो विवाहको रूप, निजी समारोहमा बाँधिए वैवाहिक बन्धनमा

Image
Nisarga Hospital

पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी प्रेमिका तथा मोडल जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्। पोर्चुगलको राजधानी लिस्बननजिकैको तटीय सहर कास्काइसमा ११ अगस्टमा निजी नागरिक समारोहबीच उनीहरूको विवाह भएको पोर्चुगाली सञ्चारमाध्यमले जनाएका छन्।

CP Hospital Dhangadhi

विवाहमा उनीहरूका पाँच सन्तानसमेत सहभागी भएको बताइएको छ। रोनाल्डोले सामाजिक सञ्जालमा दुई हातमा विवाहका औँठी देखिएको तस्बिर सार्वजनिक गरेपछि उनीहरूको विवाहबारे चर्चा चुलिएको हो। पोस्ट सार्वजनिक भएको करिब ३० मिनेटमै ३० लाखभन्दा बढी लाइक आएको बताइएको छ।

Attariya Hospital

रोनाल्डो र जर्जिना करिब एक दशकदेखि प्रेम सम्बन्धमा थिए। उनीहरूको भेट स्पेनको म्याड्रिडस्थित गुच्चीको पसलमा भएको थियो, जहाँ जर्जिना कार्यरत थिइन्। गत वर्ष उनीहरूले इन्गेजमेन्ट घोषणा गरेका थिए।

nawajiwan

रोनाल्डोले स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस र अल नासरसहित पोर्चुगलको राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। उनी करिअरको १ हजार गोल नजिक पुगेका छन्। हालै उनले छैटौँ विश्वकप खेल्दै पुरुष विश्वकपमा सर्वाधिक सहभागिताको कीर्तिमानमा लियोनल मेस्सीसँग संयुक्त शीर्ष स्थान बनाएका छन्।