
कैलाली जिल्लाको जोशीपुर गाउँपालिकामा बाढी प्रभावित जनताका लागि आपतकालिन अवस्थामा तयारी,प्रतिकार्य तथा बाढीको प्रभाव न्यूनीकरण परियोजना शुरु भएको छ ।

जोशीपुर गाउँपालिकासंगको समन्वय,KIA को आर्थिक सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेल्धुराले उक्त परियोजना शुरु गर्न लागेको परियोजना
शुभारम्भ अभिमुखीकरण गोष्ठीमा जानकारी गराईएको छ ।
गोष्ठीको एक कार्यक्रमका बिच जोशीपुर गाउँपालिका अध्यक्ष चित्र वहादुर चौधरीले उद्घाटन गर्नुभएको थियोे ।
स्थानीय स्तरमा जनप्रतिनिधिहरु,लक्षित समुदाय र सरोकारवाला निकायहरुलाई परियोजना वारे जानकारी गराई समन्वय तथा सहकार्यको माध्यमबाट परियोजनाका गतिविधीहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न सहयोग पुगोस भन्ने उद्घेश्यले परियोजना शुभारम्भ अभिमुखीकरण गोष्ठीको आयोजना गरिएको परियोजना प्रबन्धक शिवराज पाठकले जानकारी गराउनुभयो ।

गोष्ठीमा परियोजना मार्फत संचालन गरिने गतिविधीहरु अपेक्षाकृत उपलब्धिक बारेमा परियोजना प्रबन्धक शिबराज पाठकले प्रस्तुतीकरण गर्नु भएको थियोे ।
उहाँले परियोजना मार्फत जोशीपुर गाउँपालिका वडा नं १ र ३ मा समुदाय स्तरमा पूर्व तयारीका लागि जनचेतना मुलक कार्यक्रम संचालनका लागि समुदाय स्तरमा बिपद टास्कफोर्स गठन तथा अभिमुखीकरण ,बाढी प्रभावितहरुलाई राहत सामाग्री सहयोग,जोखिम नक्साकंन तथा सर्वेक्षण,बिपद सामाग्री सहयोग,पूर्व सूचना प्रणाली सम्बन्धि अभिमुखीकरण,टास्कफोर्स र समुदायका अगुवाका लागि आत्मरक्षा सम्बन्धि तालिम,वृक्षारोपण तथा वायोईन्जिनियरिङ कार्यहरु,बाढी डुबान क्षेत्रमा सामुदायिक उच्च भवन निर्माण लगायतका कार्यक्रमहरु संचालन गरिने बताउनु भयो ।

गोष्ठीमा जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले जोशीपुर गाउँपालिकामा MPDS ले बिपद सम्बन्धि नयाँ कार्यक्रम संचालन गरेको धन्यवाद दिदै, परियोजनाले विपद जोखिम न्यूनिकरणमा महत्त्वपूर्ण टेवामा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले परियोजनालाई बिपद प्रभावित लक्षित समुदायमा सफल रुपमा कार्यान्वयनका लागि स्थानीय सरकारको तर्फबाट पूर्ण सहयोग एंव सहकार्य र विभिन्न योजनामा बजेट साझेदारी रहने बताउनुभयो ।
कार्यक्रममा जोशीपुर गाउँपालिका वडा नं १ का अध्यक्ष रामचन्द्र चौधरी,वडा नं २ का अध्यक्ष बिष्णु प्रसाद चौधरी,वडा नं ३ का अध्यक्ष रेणु कुमारी डङ्गौरा,बिपद फोकल पर्सन सीता सिँह,सरसफाइ ब्यवस्थापन फोकल पर्सन रमेश पाण्डेय लगायतकाले मन्तब्य राखेका थिए ।
कार्यक्रममा पालिका उपाध्यक्ष रेखा देवी कठरिया,प्रमुख प्रशासकिय अधिकृत अमित कुमार साह, ७ वटैका वडा अध्यक्ष,विभिन्न शाखाका प्रमुख एंव प्रतिनिधि,भलमन्सा र सरोकारवाला निकायको सहभागीता रहेको थियोे ।
कार्यक्रम जोशीपुर गाउँपालिका वडा नं ७ का अध्यक्ष एंव बन तथा वातावरण समितिका संयोजक बम बहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन परियोजनाका डिआरआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैका ले गर्नुभएको थियोे ।






























