धनगढीमा युरिया बिक्री बढे पनि डिएपीको आपूर्ति कमजोर

Image
Nisarga Hospital

धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले साउन १ देखि २६ गतेसम्म १ हजार २८७.७ मेट्रिक टन युरिया, २९५.७ मेट्रिक टन डिएपी र ३३.२५ मेट्रिक टन पोटास बिक्री गरेको छ।

CP Hospital Dhangadhi

कम्पनीका प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीका अनुसार धानखेतीको मुख्य समय भएकाले मलको माग बढेको छ। कम्पनीले सहकारी तथा बिक्री केन्द्रमार्फत किसानलाई मल उपलब्ध गराउँदै आएको छ।

हाल कम्पनीसँग युरिया ११०.२५०, डिएपी ३१ र पोटास ९३.६५० मेट्रिक टन मौज्दात छ। बिक्री र मौज्दात जोड्दा युरिया १ हजार ३९७.९५५ र डिएपी ३२६.७ मेट्रिक टन पुगेको छ।

nawajiwan
Attariya Hospital

धनगढीका लागि युरियाको आवश्यक कोटा १ हजार ९४७.७०५ र डिएपीको १ हजार ९१५.८१५ मेट्रिक टन रहेको छ। आवश्यक कोटाको तुलनामा युरिया करिब ७२ प्रतिशत उपलब्ध भए पनि डिएपी करिब १७ प्रतिशत मात्रै पुगेको छ।

कम्पनीका अनुसार युरियामा ५४९.७५५ र डिएपीमा १ हजार ५८९.११५ मेट्रिक टन कमी छ। धानखेतीको समयमा डिएपीको आपूर्ति कमजोर हुँदा किसानले मलका लागि समस्या भोगिरहेका छन्।