बडीमालिका–रामारोशन ४९८ वर्गकिलोमिटर वन संरक्षण क्षेत्र घोषणा

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्र समेटेर बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार धनगढीमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा २६ (१) बमोजिम संरक्षण क्षेत्र घोषणा गरेका हुन्।

CP Hospital Dhangadhi

मुख्यमन्त्री शाहको अध्यक्षतामा साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त क्षेत्रलाई वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। संरक्षण क्षेत्रमा बाजुराको बडीमालिका नगरपालिका–५, ६, ७ र ८ तथा त्रिवेणी नगरपालिका–५, ६, ७ र ९ समेटिएका छन्।

Attariya Hospital

त्यस्तै, अछामको मेल्लेख गाउँपालिका–१ र २ तथा रामारोशन गाउँपालिका–४, ५ र ६ समेत संरक्षण क्षेत्रमा समावेश गरिएको छ। कुल ४९८.४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस संरक्षण क्षेत्रले जैविक विविधता, वन्यजन्तु तथा प्राकृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बडीमालिका र रामारोशन क्षेत्रको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

nawajiwan