अत्तरियामा व्यवसायीलाई वर्तमान कर नीतिबारे तालिम दिइँदै

Image
Nisarga Hospital

अत्तरिया उद्योग वाणिज्य संघले व्यवसायीलाई वर्तमान कर नीतिबारे जानकारी दिन तालिम आयोजना गर्ने भएको छ। संघले बुधबार सूचना जारी गर्दै यही साउन ३० गते तालिम सञ्चालन गर्न लागेको जनाएको हो।

CP Hospital Dhangadhi

संघका महासचिव गम्भीर साउँदका अनुसार आन्तरिक राजस्व कार्यालय कैलालीसँगको सहकार्यमा तालिम आयोजना गर्न लागिएको हो। गोदावरी नगरपालिकाअन्तर्गत उद्योग तथा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई लक्षित गरी तालिम सञ्चालन गरिने उनले जानकारी दिए।

Attariya Hospital

तालिममा सरकारले लागू गरेको वर्तमान कर नीतिका साथै करसम्बन्धी व्यवस्था, व्यवसाय सञ्चालनका क्रममा आइपर्ने समस्या तथा अन्य आवश्यक विषयमा जानकारी र परामर्श दिइनेछ।

nawajiwan

संघको आफ्नै कार्यालयमा सञ्चालन हुने तालिममा गोदावरी क्षेत्रका उद्योगी तथा व्यवसायीलाई सहभागी हुन महासचिव साउँदले आग्रह गरेका छन्। उनका अनुसार तालिमले व्यवसायीलाई करसम्बन्धी व्यवस्था बुझ्न तथा व्यवसाय सञ्चालनमा देखिने अन्योल हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।