उपचारपछि स्वदेश फर्किए शेरबहादुर देउवा, विमानस्थलमा नेता–कार्यकर्ताको भीड

Image
Nisarga Hospital

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि स्वदेश फर्किएका छन्। उनी बिहीबार दिउँसो साढे १२ बजे थाई एयरवेजको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

CP Hospital Dhangadhi

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि देउवा उपचारका लागि सिंगापुर गएका थिए। उनी पत्नी आरजु राणा देउवासँगै गत कात्तिक १० गते राति उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए।

Attariya Hospital

लामो समय सिंगापुरमा उपचार गराएर स्वदेश फर्किएका देउवालाई स्वागत गर्न कांग्रेसका नेता तथा कार्यकर्ता विमानस्थल पुगेका छन्। विशेषगरी कांग्रेसको संस्थापनइतर समूहका नेताहरू देउवाको स्वागतका लागि विमानस्थलमै पुगेका हुन्।

nawajiwan

देउवाको आगमनसँगै विमानस्थल परिसरमा कांग्रेस नेता–कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ। उनी स्वदेश फर्किएसँगै कांग्रेसभित्र राजनीतिक भेटघाट र गतिविधि बढ्ने अपेक्षा गरिएको छ।