
टोकियो, जापान — जापानमा बसोबास गर्दै आएका ९ वर्षीय नेपाली बालक थापा आयान्श ले Guinness World Records™ को एक ऐतिहासिक record achievement मा सहभागी भएर नेपाली समुदायका लागि गर्वको क्षण सिर्जना गरेका छन्।

२५ जुलाई २०२६ मा जापानको टोकियोस्थित शिन्जुकुको Kagurazaka Festival मा आयोजित कार्यक्रममा एउटै choreography मा १,०५० जना सहभागीले Awa Dance प्रस्तुत गरेका थिए। Guinness World Records™ को प्रमाणपत्रअनुसार यो “The largest Awa dance (same choreography)” को record achievement हो, जुन Kagurazaka Kodomo-ren (Japan) ले हासिल गरेको हो।
यस ऐतिहासिक कार्यक्रममा सहभागी थापा आयान्श लाई Guinness World Records™ बाट आधिकारिक certificate प्रदान गरिएको छ। प्रमाणपत्रमा स्पष्ट रूपमा आयान्शले “took part in a Guinness World Records™ title” भनेर उल्लेख गरिएको छ।

नेपालको सुदूरपश्चिमाञ्चल खप्तड छान्ना गाउँपालिका–२, देहली भवाडीखोला, बझाङ मूल घर भएका आयान्शले ९ वर्षको उमेरमै जापानमा भएको विश्व कीर्तिमानको achievement मा सहभागी हुन पाउनु नेपाली परिवार तथा समुदायका लागि गौरवको विषय बनेको छ।

बाझंगी समाज जापान का अध्यक्ष बुवा रमेश थापा परिवारका अनुसार, उनको यो सहभागिताले जापानमा हुर्किरहेका नेपाली बालबालिकाले नेपाली पहिचानसँगै जापानी संस्कृति र सामाजिक गतिविधिमा पनि सक्रिय सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय स्तरका उपलब्धिमा आफ्नो स्थान बनाउन सक्छन् भन्ने सकारात्मक सन्देश दिएको छ।
परिवारको भनाइ:
“९ वर्षको सानो उमेरमा आयान्शले Guinness World Records™ को achievement मा सहभागी भएर प्रमाणपत्र प्राप्त गर्नु हाम्रो परिवारका लागि अत्यन्तै गर्व र खुशीको क्षण हो। यो उपलब्धि आयान्शको मात्र नभई जापानमा रहेका नेपाली समुदायका लागि पनि प्रेरणाको विषय हो।”
मुख्य विवरण:
* नाम: Thapa Aayansh (थापा आयान्श)
* उमेर: ९ वर्ष
* मूल घर: खप्तड छान्ना गाउँपालिका–२, देहली भवाडीखोला, बझाङ
* कार्यक्रम: Kagurazaka Festival
* स्थान: Shinjuku, Tokyo, Japan
* मिति: 25 July 2026
* Record title: The largest Awa dance (same choreography)
* सहभागी: 1,050 जना
* Record achievement: Kagurazaka Kodomo-ren (Japan)
* आयान्शको भूमिका: Guinness World Records™ title achievement का सहभागी































