देउवालाई स्वागत गर्न पुगेका कांग्रेस नेतामाथि ज्ञानेन्द्र शाहीको प्रश्न, ‘भदौ २४ गते कहाँ थियौ ?’

Image
Nisarga Hospital

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका कांग्रेस नेतामाथि प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै शाहीले देउवालाई स्वागत गर्न पुग्ने नेताहरू भदौ २४ गतेको घटनाका बेला कहाँ थिए भन्दै प्रश्न गरेका हुन्।

CP Hospital Dhangadhi

‘आज पूर्वप्रधानमन्त्री देउवालाई स्वागत गर्न पुग्नेहरू भदौ २४ गते कहाँ थिए?’ भन्दै उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्।

Attariya Hospital

स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा बिहीबार स्वदेश फर्किएका हुन्। उनको स्वागतका लागि कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधिलगायत नेता विमानस्थल पुगेका थिए। शाहीको टिप्पणीपछि सामाजिक सञ्जालमा यस विषयमा बहससमेत सुरु भएको छ।

nawajiwan