जनता नै देशका मालिक हुन्, जनताले जे भन्यो त्यही हुन्छ : देउवा

Image
Nisarga Hospital

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनता नै देशका वास्तविक मालिक भएको बताएका छन्। बिहीबार स्वदेश फर्किएपछि चुनदेवीस्थित कांग्रेस संस्थापनइतर पक्षको सम्पर्क कार्यालयमा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले जनताको चाहनाअनुसार नै देश अघि बढ्ने बताए।

CP Hospital Dhangadhi

उनले गणतन्त्र संविधानसभाबाट आएको उल्लेख गर्दै आफूले चाहेर गणतन्त्र आएको वा आफूले चाहेर जाने विषय नभएको स्पष्ट पारे। ‘नेपाली जनता सबैभन्दा ठूलो कुरा हो, नेपाली जनता नेपालको मालिक हो। यो मालिकले जे भन्यो त्यही हुन्छ,’ देउवाले भने।

Attariya Hospital

देउवाले नेपाली जनता र न्यायपालिकामाथि आफूलाई पूर्ण विश्वास रहेको पनि बताए। सर्वोच्च अदालतले पञ्चायतकालदेखि नै निष्पक्ष न्याय दिँदै आएको उल्लेख गर्दै उनले अदालतप्रति आफ्नो विश्वास कायम रहेको बताए।

nawajiwan

उनले आगामी दिनमा पनि आफू निरन्तर संघर्षमा रहने धारणा राखे। साथै, मुलुकको राजनीतिक निकास र परिवर्तनको निर्णायक शक्ति जनता नै भएको उनको भनाइ थियो।