सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहद्वारा राजीनामा

Image
Nisarga Hospital

अत्तरियाः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। बिहीबार प्रदेश सभामा सम्बोधन गर्दै शाहले राजीनामाको घोषणा गरेका हुन्। उनले आफ्नो राजीनामापत्र प्रदेश प्रमुख नजिर मियाँसमक्ष बुझाउने जानकारी प्रदेश सभालाई गराएका छन्।

CP Hospital Dhangadhi

बजेटका विषयमा असहमति जनाउँदै नेकपा एमालेले गत असार ३१ गते शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको थियो। समर्थन फिर्ता लिएको ३०औँ दिनमा शाहले राजीनामा घोषणा गरेका हुन्।

Attariya Hospital

अब प्रदेश प्रमुख मियाँले नेपालको संविधानअनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्। मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। प्रदेश सभामा कुनै दलले स्पष्ट बहुमत नदेखाएमा संविधानको व्यवस्थाअनुसार प्रदेश प्रमुखले बहुमत जुटाउन सक्ने दल वा सांसदलाई सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नेछन्। यससँगै प्रदेशमा नयाँ राजनीतिक समीकरण निर्माणको सम्भावना बढेको छ।

nawajiwan