सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान, भोलि ११ बजेसम्मको समय

Image
Nisarga Hospital

धनगढी: सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम प्रदेश सरकारको मुख्यमन्त्री पदबाट दिएको लिखित राजीनामा साउन २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको छ।

CP Hospital Dhangadhi

राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।

नयाँ सरकार गठनका लागि साउन २९ गते शुक्रबार बिहान ११ बजेसम्म प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न समय दिइएको छ।
प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले सम्बन्धित दलहरूको समर्थनसहित दाबी पेस गर्नुपर्ने जनाएको छ।

nawajiwan
Attariya Hospital

यससँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। मुख्यमन्त्री शाहले राजीनामा दिएपछि अब सत्ता समीकरणमा रहेका दलहरूले नयाँ मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी थालेका छन्।

प्रदेश प्रमुखको आह्वानअनुसार भोलि बिहान ११ बजेसम्म बहुमतको आधारसहित दाबी पेस भएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गर्नेछन्।