एमालेको समर्थनमा खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त, लिए शपथ

Image
Nisarga Hospital

अत्तरियाः सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

CP Hospital Dhangadhi

नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख मियाँसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए। दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख मियाँले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

भट्टलाई एमालेको समर्थन प्राप्त भएपछि प्रदेश सरकार गठनका लागि आवश्यक बहुमत जुटेको हो। यसअघि प्रदेश प्रमुख मियाँले बिहीबार साँझ संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।

नवनियुक्त मुख्यमन्त्री भट्टले अब प्रदेश सरकारलाई नेतृत्व गर्दै आगामी कार्यदिशा र मन्त्रिपरिषद् गठनको प्रक्रिया अघि बढाउनेछन्। भट्टको नियुक्तिसँगै सुदूरपश्चिममा नयाँ राजनीतिक समीकरणअनुसार प्रदेश सरकार गठन भएको छ।