मुख्यमन्त्री भट्टसहित सुदूरपश्चिममा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टसहित तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त तीन मन्त्रीलाई शपथ ग्रहण गराएका हुन्।

CP Hospital Dhangadhi

नेकपा एमालेबाट आर्थिक मामिलामन्त्रीमा चक्र मल्ल, सामाजिक विकासमन्त्रीमा सन्तोष शर्मा थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा दमन भण्डारी नियुक्त भएका छन्। उनीहरूले प्रदेश प्रमुख मियाँसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

यस्तै, मुख्यमन्त्री भट्टले एमालेबाट आर्थिक मामिला राज्यमन्त्रीको जिम्मेवारी पाएकी जानकी ऐर बमलाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

nawajiwan
Attariya Hospital

मुख्यमन्त्री भट्टले एमालेको समर्थनमा शुक्रबार बिहान प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए। दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख मियाँले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

नेपाली कम्युनिस्ट पार्टीबाट सरकारमा सहभागी हुने तीन मन्त्रीको भने टुंगो लाग्न बाँकी रहेको जनाइएको छ। मन्त्रिपरिषद् विस्तारसँगै सुदूरपश्चिममा नयाँ राजनीतिक समीकरणअनुसार सरकार गठन प्रक्रिया अघि बढेको छ।