देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

Image
Nisarga Hospital

कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लामा गएराति वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा जाजरकोटमा सबैभन्दा धेरै ४० मिलिमिटर वर्षा मापन गरिएको छ। त्यस्तै, कास्कीको लुम्लेमा करिब २८ मिलिमिटर वर्षा भएको छ।

CP Hospital Dhangadhi

देशका अन्य केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ। आज देशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

Attariya Hospital

बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। भारी वर्षाका कारण सडक तथा यातायात प्रभावित हुनुका साथै पहिरो, बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेषगरी नदी तथा खोलानालाको आसपास र पहिरोको जोखिम रहेका क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरिएको छ।

nawajiwan