झिल्का कवितासङ्ग्रह ‘आँगन’को समीक्षा कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

दाङमा झिल्काकार सुरेशकुमार पाण्डेको झिल्का कवितासङ्ग्रह ‘आँगन’को समीक्षा कार्यक्रम सम्पन्न भएको छ। राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा शुक्रबार भएको कार्यक्रममा साहित्यकार तथा झिल्का साहित्य समाज नेपालका अध्यक्ष वसन्त अनुभवले कृतिको समीक्षा गर्नुभएको थियो।

CP Hospital Dhangadhi

समीक्षक अनुभवले ‘आँगन’ पुस्तक मात्र नभई सामाजिक, राजनीतिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो। कृतिले समाजमा विद्यमान विकृति र विसङ्गतिलाई उजागर गर्दै सुधारका लागि आह्वान गरेको उहाँको भनाइ थियो।

nawajiwan
Attariya Hospital

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाले पाण्डे बहुमुखी प्रतिभाका धनी रहेको बताउँदै उनका सिर्जना गहन र मर्मस्पर्शी हुने उल्लेख गर्नुभयो। कृतिमा वर्गसंघर्ष, विद्रोह तथा सामाजिक–राजनीतिक द्वन्द्व र चेतनाका विषय समेटिएको उहाँले बताउनुभयो।

पाण्डेका यसअघि हिन्दी भाषासहित तीन लघुकथासङ्ग्रह, दुई गजलसङ्ग्रह र संयुक्त कृतिहरू प्रकाशित छन्। ‘आँगन’ उहाँको छैटौँ एकल कृति हो।

कार्यक्रममा पुरुषोत्तम खनाल, हरिप्रसाद पाण्डेसहित तीन दर्जनभन्दा बढी साहित्यकार तथा सर्जकका परिवारजनको सहभागिता थियो। कार्यक्रम परिषद् अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो।