पूर्वी इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

Image
Nisarga Hospital

पूर्वी इन्डोनेसियाको समुद्री क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छाल रेकर्ड भएको इन्डोनेसियाको भूभौतिक निकाय बीएमकेजीले जनाएको छ।

CP Hospital Dhangadhi

स्थानीय समयअनुसार बिहान ४:५८ बजे गएको भूकम्प करिब १५ किलोमिटर गहिराइमा रहेको बताइएको छ। मुख्य धक्कापछि लगातार परकम्पसमेत आएका छन्। नगेकेओ र बिमा लगायतका क्षेत्रमा करिब एक मिनेटसम्म शक्तिशाली धक्का महसुस गरिएको राष्ट्रिय विपद् न्यूनीकरण निकायका प्रवक्ता डोदी युलेओभाले बताएका छन्।

भूकम्पपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्किएर सुरक्षित स्थानतर्फ गएका थिए। प्रारम्भिक विवरणअनुसार भूकम्पबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको खबर प्राप्त भएको छैन। यद्यपि, सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुनामी चेतावनी जारी गरिएको थियो।

nawajiwan
Attariya Hospital

बीएमकेजीका अनुसार विभिन्न क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामी छाल देखिएका छन्। प्रभावित क्षेत्रमा थप जोखिमबारे निगरानी भइरहेको जनाइएको छ।

यसैबीच, अस्ट्रेलियाको सुनामी चेतावनी केन्द्रले उक्त भूकम्पबाट अस्ट्रेलियाको मुख्य भूभाग, द्वीप वा अन्य क्षेत्रमा सुनामीको खतरा नरहेको स्पष्ट पारेको छ।

इन्डोनेसिया प्रशान्त महासागर वरिपरि फैलिएको सक्रिय भूकम्पीय क्षेत्र ‘रिङ अफ फायर’मा पर्ने भएकाले भूकम्प र सुनामीको उच्च जोखिममा रहेको देश हो।