खुटिया–दिपायल सडक तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य, निर्माणले पाउने भयो गति

Image
Nisarga Hospital

धनगढी–खुटिया–दिपायल–चैनपुर–उरईभन्ज्याङ सडक आयोजना अन्तर्गत कैलालीको खुटियादेखि डोटीको दिपायलसम्मको सडक तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ। चालु आर्थिक वर्ष २०८३/८४ मा ५० करोड रुपैयाँ विनियोजन भएपछि निर्माणले गति लिने आयोजना प्रमुख शशाङ्क मिश्रले जानकारी दिए।

CP Hospital Dhangadhi

उनका अनुसार ५५ करोड रुपैयाँको ठेक्का प्रक्रिया अघि बढिसकेको छ। थप डेढ अर्ब रुपैयाँ बजेटका लागि फाइल पेस गर्ने तयारी भइरहेको र स्वीकृति पाए तीन वर्षभित्र दिपायलसम्म सडक निर्माण सम्पन्न गरिने उनले बताए।

खुटिया–दिपायल सडकखण्डमा पर्ने १७ पुलमध्ये चारवटाको निर्माण सम्पन्न भइसकेको छ भने तीनवटाको काम जारी छ। धनगढीदेखि दिपायलसम्मको ८६ किलोमिटरमध्ये हालसम्म २० किलोमिटर सडक कालोपत्रे भएको छ।

nawajiwan
Attariya Hospital

सडक निर्माण आर्थिक वर्ष २०६५/६६ मा सुरु भए पनि १८ वर्ष बितिसक्दा अपेक्षित प्रगति हुन सकेको छैन। सुरुमा खुटिया–बिपीनगर–दिपायल नामकरण गरिएको सडकलाई पछि बझाङको चैनपुर हुँदै चीनको उरईभन्ज्याङ नाकासम्म जोड्ने योजनासहित विस्तार गरिएको हो।

निर्माणमा ढिलाइ हुँदा गत आर्थिक वर्षमा विनियोजित १५ करोड रुपैयाँसमेत खर्च हुन नसकी फ्रिज भएको थियो। हाल धनगढीदेखि दिपायल पुग्न डडेलधुरा हुँदै करिब १९० किलोमिटर यात्रा गर्नुपर्छ। सडक सञ्चालनमा आए दूरी घटेर करिब १०५ किलोमिटरमा सीमित हुने अपेक्षा गरिएको छ।