अछाममा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गयो !

Image
Nisarga Hospital

अछाम: अछामको मंगलसेन नगरपालिका–५ मा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मिति २०८३ साल साउन ३० गते बिहान करिब ११:३० बजे लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सुपप्र.०१००१ ह ६११३ नम्बरको अटो ओरालो सडकमा अचानक अनियन्त्रित भई पल्टिएको थियो।

CP Hospital Dhangadhi

दुर्घटनामा अटोमा सवार मंगलसेन नगरपालिका–३, लाछीमाना निवासी अन्दाजी ४८ वर्षीय निर्प बोगटी घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएकोमा उपचारकै क्रममा दिउँसो १:१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न अटो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur