द्याँचु/गौरा मन्दिर निर्माणस्थलमा बरालगाउँ समाजद्वारा वृक्षारोपण

Image
Nisarga Hospital

मसुरिया: श्री केदार भागेश्वर बरालगाउँ समाजले कैलालीको बढैपुरस्थित द्याँचु/गौरा मन्दिर निर्माणस्थलमा वृक्षारोपण गरेको छ।

CP Hospital Dhangadhi

शनिबार बढैपुरमा समाजका अध्यक्ष चेतराज जोशीको अध्यक्षतामा बसेको भेलाले मन्दिर निर्माणस्थल परिसरमा विभिन्न जातका फूल तथा बिरुवा रोपेको हो। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भोजराज जोशीका अनुसार परिसरमा वीरेन्द्र फूल, कल्की लगायतका फूल तथा विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको छ।

मन्दिर निर्माणस्थललाई हरियाली तथा आकर्षक बनाउने उद्देश्यले वृक्षारोपण गरिएको जोशीले बताए। उनले मन्दिर परिसरको संरक्षण तथा सौन्दर्यीकरणमा समाजका सबै सदस्यको सहकार्य आवश्यक रहेको बताए।

nawajiwan
Attariya Hospital

भेलाले समाजको आगामी बैठक धनगढीस्थित शिवपुरीधाममा भदौ २७ गते शनिबार बस्ने निर्णयसमेत गरेको छ।

समाजले धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिँदै मन्दिर निर्माण र संरक्षणका लागि आवश्यक पहल गर्दै आएको जनाएको छ।