अत्तरियामा ‘राजा चाहिन्छ’ नारासहित हिन्दु राष्ट्रका पक्षमा अन्तरक्रिया

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियामा सनातन हिन्दु राष्ट्र नेपालको पक्षमा देशभर सञ्चालन भइरहेको हस्ताक्षर अभियानअन्तर्गत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्ने नारासहित आयोजित कार्यक्रममा राजसंस्था समर्थकहरूले नेपालको वर्तमान राजनीतिक व्यवस्था, राजसंस्थाको पुनःस्थापना र हिन्दु राष्ट्रका विषयमा आफ्ना धारणा राखेका छन्।

CP Hospital Dhangadhi

शाही युवा शक्ति नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता प्रदेश संयोजक राजबहादुर खड्काले गरेका थिए। कार्यक्रममा शाही युवा शक्ति नेपालका संयोजक पशुपति खड्का प्रमुख अतिथिका रूपमा सहभागी थिए।

अन्तरक्रियामा सहभागीहरूले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति आफ्नो धारणा राख्दै राजसंस्थाको पुनःस्थापना र नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले देशमा बढ्दै गएको राजनीतिक असन्तुष्टि र जनभावनालाई सम्बोधन गर्न वैकल्पिक राजनीतिक व्यवस्थाबारे बहस आवश्यक रहेको बताएका थिए।

nawajiwan
Attariya Hospital

कार्यक्रममा देशभर सञ्चालन भइरहेको हस्ताक्षर अभियानका विषयमा समेत छलफल गरिएको थियो। आयोजकका अनुसार राजसंस्था पुनःस्थापना तथा सनातन हिन्दु राष्ट्र नेपालको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यले विभिन्न जिल्लामा हस्ताक्षर संकलन, अन्तरक्रिया तथा जनसम्पर्कका कार्यक्रम सञ्चालन भइरहेका छन्।

अत्तरियामा आयोजित कार्यक्रममार्फत पनि राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा जनसमर्थन जुटाउने तथा अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।