धनगढीमा बैतडी समाजको रक्तदान महोत्सव, ८१ जनाले गरे रक्तदान

Image
Nisarga Hospital

अत्तरियाः धनगढीमा बैतडी समाज कैलालीको आयोजना तथा कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित १८औँ बृहत् रक्तदान महोत्सवमा ८१ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेमा ५५ पुरुष र २६ महिला रहेका छन्। तीमध्ये ४९ जनाले पहिलोपटक रक्तदान गरेको कार्यक्रम संयोजक वीरबहादुर महराले जानकारी दिए।

CP Hospital Dhangadhi

सुदूरपश्चिममा देखिँदै आएको रगत अभावलाई केही हदसम्म पूर्ति गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय युवा, उद्योगी तथा व्यवसायीको उत्साहजनक सहभागिता रहेको थियो। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा संकलित रगतले आकस्मिक अवस्थाका बिरामीको उपचार तथा जीवनरक्षामा सहयोग पुग्ने समाजका अध्यक्ष गजेन्द्र वीर चन्दले बताए।

महोत्सवमा रक्तदानसँगै निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो। स्मृद्धि डेन्टलको प्राविधिक सहयोगमा २५ जनाको दाँत परीक्षण गरी स्वास्थ्य परामर्श दिइएको थियो। नवजीवन अस्पतालको सहयोगमा २८ जनाको सुगर तथा थाइराइड परीक्षण गरिएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

त्यस्तै, धनगढी नेत्रालयको प्राविधिक टोलीले ५० जनाको आँखा परीक्षण गरेको थियो। परीक्षणका क्रममा मोतियाबिन्दुका बिरामीसमेत पहिचान गरिएको र उनीहरूलाई निःशुल्क शल्यक्रियाका लागि रेफर गरिएको बैतडी समाजका महासचिव लोकेश भट्टले जानकारी दिए।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए। पहिलोपटक रक्तदान गर्नेहरूलाई प्रोत्साहन गर्न पोटली फुड्सको तर्फबाट जनही ५ सय ५१ रुपैयाँको कुपनसमेत उपलब्ध गराइएको थियो। आयोजकले रक्तदानसँगै स्वास्थ्य परीक्षण र सचेतनामूलक गतिविधिमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।

Dhnagadhi & Krishanapur