सुदूरपश्चिम भ्रमणमा रहेका मन्त्री लम्साल बिरामी, कार्यक्रम प्रभावित

Image
Nisarga Hospital

बैतडीः सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई भाइरल ज्वरो तथा रुघाखोकीको संक्रमण देखिएपछि बैतडीको गोठालापानीमा आराम गरिरहेका छन्। शनिबार दार्चुला पुगेर बैतडी आएका मन्त्री लम्सालको स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पतालका एमडीजीपी डा. पविन उपाध्यायले स्वास्थ्य परीक्षण गरेका थिए।

CP Hospital Dhangadhi

डा. उपाध्यायका अनुसार मन्त्री लम्सालमा सामान्य भाइरल ज्वरो र रुघाखोकीको समस्या देखिएको छ। लगातारको दौडधुप, अनिद्रा तथा मौसम परिवर्तनका कारण स्वास्थ्यमा समस्या आएको हुनसक्ने भन्दै केही समय आराम गर्न सुझाव दिइएको उनले बताए। अवस्था सामान्य रहेकाले आत्तिनुपर्ने स्थिति नरहेको चिकित्सकले स्पष्ट पारेका छन्।

मन्त्री लम्सालको स्वास्थ्यमा समस्या आएपछि उनको भ्रमणका केही कार्यक्रम प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखको बैठकमा सहभागी भएर बझाङ जाने उनको कार्यक्रम थियो।

nawajiwan
Attariya Hospital

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलसहित कर्मचारीसमेत सहभागी भ्रमण टोलीले यसअघि डोटीको बीपीनगर पुगेर धनगढी–दिपायल द्रुतमार्गको अवलोकन गरेको थियो। त्यसपछि मन्त्री लम्साल दार्चुला पुगेर महाकाली करिडोर तथा जिल्ला अस्पतालको भौतिक संरचनाको अनुगमन गरेका थिए।

शुक्रबार विमानमार्फत धनगढी पुगेका मन्त्री लम्सालले विभिन्न पूर्वाधार आयोजनाको स्थलगत निरीक्षण गर्दै आएका थिए। शनिबार अबेर साँझ आफैँ गाडी चलाएर बैतडी सदरमुकाम पुगेका उनी गोठालापानीस्थित निवास हेरिटेज होटलमा आराम गरिरहेका छन्।