मन्त्रीलाई सामान्य ज्वरोमा हेलिकप्टर, दुर्गम नागरिकको उपचार कहिले सहज होला ?

Image
Nisarga Hospital

बैतडीः सुदूरपश्चिम भ्रमणमा रहेका भौतिक तथा पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई सामान्य भाइरल ज्वरो र रुघाखोकी देखिएपछि उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत धणगढी र धनगढी बाट स्काई ट्रक मार्फद काठमाडौं लगिएको छ। शनिबार दार्चुला हुँदै बैतडीको गोठालापानी पुगेका मन्त्री लम्सालको स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पताल बैतडीका एमडीजीपी डा. पविन उपाध्यायले स्वास्थ्य परीक्षण गरेका थिए।

CP Hospital Dhangadhi

चिकित्सकका अनुसार मन्त्रीलाई सामान्य भाइरल ज्वरो र रुघाखोकीको समस्या देखिएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौं ल्यैजान सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बैतडी पठाई धनगढी हुदै काठमाण्डौ लगिसकेको थियो ।

मन्त्रीको उपचारका लागि राज्य संयन्त्र तत्काल सक्रिय भएपछि भने सामाजिक सञ्जालदेखि सर्वसाधारणसम्म राज्यको स्वास्थ्य सेवामाथि प्रश्न उठ्न थालेको छ। दुर्गम क्षेत्रमा सामान्य ज्वरो आउँदा स्वास्थ्य चौकी पुग्नसमेत कठिन हुने नागरिकले मन्त्रीलाई सामान्य स्वास्थ्य समस्यामै हेलिकप्टर सुविधा उपलब्ध भएको भन्दै असमान व्यवहारप्रति गुनासो गरेका छन्।

nawajiwan
Attariya Hospital

सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाका कतिपय बस्तीमा सामान्य औषधिसमेत सहज उपलब्ध नहुने अवस्था रहेको स्थानीयको गुनासो छ। गम्भीर बिरामी तथा सुत्केरीलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा ज्यान जाने घटना पनि हुँदै आएका छन्। सडक नपुगेका क्षेत्रमा एम्बुलेन्स सेवा प्रभावकारी नहुँदा बिरामीले घण्टौँ सास्ती खेप्नुपर्ने बाध्यता छ।

यही अवस्थामा मन्त्रीलाई सामान्य ज्वरोका लागि राज्यको अत्याधुनिक उद्धार सुविधा तत्काल उपलब्ध भएपछि स्थानीयले प्रश्न गरेका छन्—“मन्त्रीलाई रुघाखोकी लाग्दा हेलिकप्टर पुग्छ भने दुर्गमका सुत्केरी र गम्भीर बिरामीलाई यस्तो सुविधा कहिले पुग्छ?”

मन्त्रीको स्वास्थ्यमा गम्भीर समस्या नरहेको चिकित्सकले बताए पनि यो घटनाले दुर्गम नागरिकको स्वास्थ्य सेवामा पहुँच र राज्यको प्राथमिकतामाथि बहस सिर्जना गरेको छ।