कैलालीमा ट्रकको ठक्करबाट एमाले नेतृ सापकोटाको मृत्यु

Image
Oplus_16908288
Nisarga Hospital

कैलालीको बर्दगोरिया गाउँपालिका–१, मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ।

CP Hospital Dhangadhi

सोमबार बिहान सापकोटा सवार सेतो नम्बर प्लेटको विद्युतीय स्कुटरलाई नवलपरासी बर्दघाटका २६ वर्षीय दिनेश गिरीले चलाएको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी सापकोटालाई उपचारका लागि दोदोधरा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

Attariya Hospital

दुर्घटनापछि ट्रक चालक गिरीलाई इलाका प्रहरी कार्यालय बौनियाको टोलीले महेन्द्र राजमार्गअन्तर्गत बर्दगोरिया र लम्कीचुहा नगरपालिकाको सीमाबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए।

nawajiwan

सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेबाट उम्मेदवारसमेत बनेकी थिइन्।