
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरो, पाउन्ड, स्वीस फ्र्याङ्कलगायत प्रमुख विदेशी मुद्राको दर निर्धारण गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। कुवेती दिनारको खरिददर ४९७ रुपैयाँ २२ पैसा र बिक्रीदर ४९९ रुपैयाँ १७ पैसा तोकिएको छ। त्यस्तै बहराइन दिनार, ओमनी रियाल, यूएई दिराम, साउदी रियाललगायत मुद्राको पनि नयाँ दर सार्वजनिक गरिएको छ। राष्ट्र बैंकले आवश्यकतानुसार जुनसुकै समयमा विनिमयदर संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुनसक्ने जनाइएको छ।
































