कांग्रेसले १५औँ महाधिवेशनका लागि व्यवस्थापन समिति गठन गर्‍यो, गगन थापा बने संयोजक

Image
Nisarga Hospital

नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशन व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न समितिहरू गठन गरेको छ। केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन सम्पन्न गर्ने तयारीस्वरूप सभापति गगनकुमार थापाको संयोजकत्वमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो।

CP Hospital Dhangadhi

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार व्यवस्थापन समितिमा आवश्यक सदस्यहरू रहनेछन्। समितिले महाधिवेशनको समग्र व्यवस्थापन तथा तयारीलाई समन्वय गर्नेछ।

महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न मूल समितिअन्तर्गत विभिन्न उपसमिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ। आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार र स्वास्थ्यलगायत क्षेत्र हेर्ने गरी उपसमिति बनाइने कांग्रेसले जनाएको छ।

nawajiwan
Attariya Hospital

उपसमितिमा रहने संयोजक तथा सदस्यहरूको नामावली भने पछि सार्वजनिक गरिने बताइएको छ। कांग्रेसले यसअघि नै १५औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको थियो। पछिल्लो बैठकबाट व्यवस्थापन संरचना तय गर्दै महाधिवेशनको तयारीलाई संस्थागत रूपमा अघि बढाउने प्रक्रिया सुरु गरिएको हो।

महाधिवेशन सफल बनाउन आवश्यक व्यवस्थापकीय तयारी, प्रतिनिधि व्यवस्थापन तथा अन्य कार्यलाई समन्वय गर्न मूल व्यवस्थापन समितिले भूमिका निर्वाह गर्ने कांग्रेसले जनाएको छ।