मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र, बजेट बर्सेनि फिर्ता

Image
Nisarga Hospital

बाजुराका प्रदेश गौरवका दुई महत्वपूर्ण सडक निर्माण सुरु भएको २७ वर्ष बितिसक्दा पनि पूर्ण हुन सकेका छैनन्। मार्तडी–कोल्टी र खप्तड–जयबागेश्वरी–गैरीखाद–डोगडी–आटीचौर हुँदै मार्तडी जोड्ने सडकको निर्माण २०५६ सालदेखि सुरु भए पनि ठेकेदारको ढिलासुस्तीका कारण आयोजना अलपत्र बनेका हुन्।

CP Hospital Dhangadhi

सडक निर्माण तथा स्तरोन्नतिका लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आए पनि काम समयमै नहुँदा ठूलो रकम खर्च हुन नसकी फिर्ता जाने गरेको छ। पूर्वाधार विकास कार्यालय, अछामका प्रमुख जङ्गबहादुर थापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै मार्तडी–कोल्टी सडकको २० करोड र खप्तड–जयबागेश्वरी–गैरीखाद–डोगडी–आटीचौर–मार्तडी सडकको १३ करोड ५० लाख रुपैयाँ खर्च हुन नसकी फिर्ता गएको छ।

Attariya Hospital

मार्तडी–कोल्टी सडकअन्तर्गत चुथीदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक कालोपत्रेका लागि २०७७ असारमा पीएस बानियाँ निर्माण सेवासँग ५० करोड १७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। तीन वर्षमा काम सक्ने सम्झौता भए पनि हालसम्म अपेक्षित प्रगति हुन सकेको छैन।

nawajiwan

दुवै सडकको कुल लम्बाइ ४१ किलोमिटर रहेकामा हालसम्म करिब ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ। मार्तडीदेखि ढम्कनेसम्मको १५ किलोमिटर खण्डमा समेत चुथीदेखि ढम्कनेसम्मको ६ किलोमिटर सडक कालोपत्रे हुन बाँकी छ। योजनामा ढिलाइ हुँदा बजेट मात्र फिर्ता नभई स्थानीयवासीको सहज यातायात र विकासको अपेक्षा पनि वर्षौंदेखि अधुरै रहेको छ।