छाडा पशु चौपाया व्यवस्थापनको माग गर्दै गोदावरी नगरपालिकामा तालाबन्दी, नगर प्रमुख–उपप्रमुखको कार्यकक्षमा ताला

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकामा छाडा पशु चौपायाको समस्या तत्काल समाधान गर्न माग गर्दै स्थानीयवासीले नगरपालिकामा तालाबन्दी गरेका छन्। समस्या समाधानका लागि नगरपालिका पुगेका स्थानीयसँग नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले भेटेर छलफल गर्न समय नदिएको भन्दै
आक्रोशित बनेका उनीहरूले नगर प्रमुख वीरेन्द्र भट्ट र उपप्रमुख शारदा देवी रोकायाको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

CP Hospital Dhangadhi

स्थानीयका अनुसार गोदावरी नगरपालिकाका विभिन्न क्षेत्रमा छाडा पशु चौपायाको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। सडक तथा बजार क्षेत्रमा जथाभावी छाडिएका पशु चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढेको उनीहरूको गुनासो छ। विशेषगरी मुख्य सडक र बस्ती क्षेत्रमा छाडा पशु चौपाया हिँडडुल गर्दा सवारीसाधन आवागमनमा समेत समस्या हुने गरेको स्थानीय बताउँछन्।

छाडा पशु चौपायाले किसानका खेतबारीमा पसेर बाली नष्ट गर्ने समस्या पनि बढ्दै गएको स्थानीयको भनाइ छ। पटक–पटक समस्या समाधानका लागि नगरपालिकाको ध्यानाकर्षण गराउँदा पनि प्रभावकारी व्यवस्थापन हुन नसकेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।

nawajiwan

यता गोदावरी नगरपालिकाले पनि पर्सि बिहान ११ वजे पालिकाको सभा हलमा स्थानिय जनता, पालिकाका जनप्रतिनिधि, प्रदेश जनप्रतिनिधी लगायत बुद्धिजीवी लगायतको उपस्थितिमा छलफल तथा अन्तरक्रिया हुने पालिका प्रतिनिधीले जनाएका थिए ।

Attariya Hospital

समस्या समाधानको मागसहित नगरपालिका पुगेका स्थानीयले जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरेर तत्काल समाधान खोज्न आग्रह गरेका थिए। तर, आफूहरूको समस्या सुन्नसमेत समय नदिइएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको स्थानीयले बताएका छन्।

स्थानीयले छाडा पशु चौपायाको दीर्घकालीन व्यवस्थापनका लागि नगरपालिकाले तत्काल ठोस योजना ल्याउनुपर्ने माग गरेका छन्। साथै सडकमा छाडिएका पशु चौपायालाई नियन्त्रणमा लिई सुरक्षित स्थानमा व्यवस्थापन गर्न र किसान तथा सर्वसाधारणले भोग्दै आएको समस्या अन्त्य गर्न उनीहरूले नगरपालिकासँग आग्रह गरेका छन्।

स्थानीयको तालाबन्दीपछि गोदावरी नगरपालिकामा छाडा पशु चौपायाको समस्या फेरि एकपटक चर्चामा आएको छ। नगरपालिकाले स्थानीयको मागलाई कसरी सम्बोधन गर्छ र तालाबन्दीपछि समस्या समाधानका लागि कस्तो कदम चाल्छ भन्ने विषयमा सर्वसाधारणको चासो बढेको छ।