मनसुन सक्रिय : तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षाको अवस्था देखिएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार पहाडी भूभागमा सामान्यतया बादल लागेको छ। सुदूरपश्चिमको तराईमा पनि सामान्य बदली रहेको छ भने मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Attariya Hospital

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि केही स्थानमा तथा मधेस र कोशीका तराई क्षेत्रमा थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

nawajiwan

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। राति हिमाली र पहाडी भूभागमा सामान्य बदली तथा तराईमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।