कञ्चनपुरमा यातायात कार्यालयका कर्मचारीमाथि दुर्व्यवहार, एक जना पक्राउ

Image
Nisarga Hospital

यातायात व्यवस्था कार्यालय महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत कर्मचारीमाथि कार्यालयमै गालीगलौज तथा हातपातको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। बुधबार दिउँसो सहायक कम्प्युटर अपरेटर विमलबहादुर कुँवरमाथि दुर्व्यवहार गरेको आरोपमा भीमदत्त नगरपालिका–१८ का हेमन्त चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

CP Hospital Dhangadhi

यातायात व्यवस्था कार्यालय कञ्चनपुरका सूचना अधिकारी रामदत्त भट्टका अनुसार चन्द दिउँसो करिब ३ः३० बजे कार्यालयमा प्रवेश गरेका थिए। कार्यालयभित्र प्रवेश गरेपछि उनले कुँवरलाई गालीगलौज गर्दै हातपातको प्रयास गरेको बताइएको छ।

Attariya Hospital

घटनापछि कार्यालयमा केही समय तनावको अवस्था सिर्जना भएको थियो। चन्दले कर्मचारीमाथि दुर्व्यवहार गर्न थालेपछि कार्यालयको नियमित कामकाजसमेत प्रभावित भएको सूचना अधिकारी भट्टले जानकारी दिनुभयो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

nawajiwan