कैलालीमा सिकार खेल्ने क्रममा गोली लागेर ४३ वर्षीय विश्वकर्माको मृत्यु, दुई जना पक्राउ

Image
Nisarga Hospital

कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित लालिगुराँस सामुदायिक वनमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर ४३ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार भदौ २ गते दिउँसो सिकार खेल्ने क्रममा कृष्णबहादुर बुढा क्षेत्रीले जङ्गली बँदेललाई लक्षित गरी गोली चलाउँदा गोली विश्वकर्माको दाहिने छातीमा लागेको थियो। गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि विश्वकर्माको शवलाई जङ्गलमै लगेर राखी आरोपितहरू फरार भएको भन्दै मृतकका भाइ गणेश विश्वकर्माले प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले कृष्णबहादुर बुढा क्षेत्री र राकेश डगौरा थारुलाई पक्राउ गरेको हो।

nawajiwan
Attariya Hospital

प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा प्रयोग भएको भरुवा बन्दुक राकेशले जडैठाँडास्थित काँडा नदीको बगरमा माटोमुनि लुकाएको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त स्थानबाट दुई थान भरुवा बन्दुकसमेत बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।