एलपी ग्यासमा ट्रयाकिङ प्रणाली लागू गर्न सरकारलाई संसदीय समितिको निर्देशन

Image
Nisarga Hospital

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एलपी ग्यासको खपत, व्यवस्थापन र सुरक्षालाई प्रभावकारी बनाउन आधुनिक प्रविधिसहितको ट्रयाकिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ।

CP Hospital Dhangadhi

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति रहबर अन्सारीले ग्यास सिलिन्डरको लगत राख्दै व्यावसायिक र घरायसी प्रयोजनका सिलिन्डर छुट्याउन निर्देशन दिए।

उनले सिलिन्डर कहाँ उत्पादन भयो, कहिले भरियो र अन्तिम परीक्षण कहिले गरिएको हो भन्ने जानकारी ट्रयाकिङ प्रणालीमार्फत सहजै प्राप्त हुने व्यवस्था गर्नुपर्ने बताए।

nawajiwan
Attariya Hospital

सभापति अन्सारीले आगामी १५ देखि २० वर्षसम्म एलपी ग्यासको सान्दर्भिकता रहने उल्लेख गर्दै नेपाल आयल निगमलाई एक वर्षभित्र ग्यास वितरण तथा व्यवस्थापनका समस्या समाधान गर्न निर्देशन दिए।

कुरियरको पार्सल ट्रयाक गरेजस्तै प्रत्येक सिलिन्डरलाई ट्रयाकिङ आईडीमार्फत निगरानी गर्न सकिने र यसले भुक्तानी प्रणालीलाई समेत व्यवस्थित बनाउन सहयोग पुग्ने उनको भनाइ छ।