स्थानीय जनप्रतिनिधि र सिमान्तकृत समुदाय बीच अन्तरक्रिया सम्पन्न

Image
Nisarga Hospital

कैलारी गाउँपालिकाको समन्वय UNDP/A2J को सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेल्धुरा द्घारा संचालित संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना(A2J)-II,”कानूनी सहायता,जवाफदेहीता र जनकेन्द्रीत न्यायका लागि महिला तथा सिमान्तकृत समुदायको सशक्तीकरण” कार्यक्रम अन्तर्गत स्थानीय जनप्रतिनिधि र सिमान्तकृत समुदाय बिच अन्तरक्रिया कार्यक्रम हसुलियामा सम्पन्न भएको छ ।

CP Hospital Dhangadhi

पछाडि पारिएका विपन्न वर्ग समुदाय महिला,जनजाति,दलित,मुक्त कमैया,कमलरी,हलिया तथा अन्य सिमान्तकृत समुदायले भोग्दै आएका सामाजिक समस्या,सवाल गुनासोहरु वारेमा स्थानीय जनप्रतिनिधि तथ सरोकारवाला निकायलाई प्रत्यक्ष जानकारी गराई दोहोरो संबाद मार्फत उनिहरुको सवाल संबोधन गरि हरेक क्षेत्र,विकास निमार्ण प्रकृयामा समान सहभागीता र समानुपातिक प्रतिनिधित्व,कानूनी सचेतना तथा न्यायमा पहुँच पुर्याउने उद्घेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न वडाका महिला,दलित, जनजाति र विपन्न समुदायले आफूहरुको समान अधिकार,न्याय र सेवासुबिधामा पहुँच,समानता,समान ज्याला,हरेक निकायहरुमा पछाडि पारिएका वर्ग समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा माग गरेका थिए ।

कार्यक्रममा कैलारी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक भगवती कुमारी चौधरीले महिला, दलित र सिमान्तकृत समुदायको हक अधिकार सुनिश्चितता र न्यायमा पहुँच अभिवृद्धि गर्न आफू सदैव कृयाशिल रहेको बताउदै पालिकाका हरेक निति तथा कार्यक्रमलाई महिला तथा सिमान्तकृत समुदायमैत्री बनाईने प्रतिवद्घता ब्यक्त गर्नुभयो ।

nawajiwan
Attariya Hospital

कार्यक्रममा पालिका उपाध्यक्ष चौधरीले यस्ता कार्यक्रमले सिमान्तकृतमैत्री योजना तथा कार्यक्रम बनाउन मदत मिल्ने बताउनु भयो ।
कार्यक्रममा कैलारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दल बहादुर धामी वडा नं-५ का अध्यक्ष बिष्णु प्रसाद चौधरी,वडा नं ६ का अध्यक्ष प्रेम चौधरी थारु महिला संजालकी अध्यक्ष कृष्णा चौधरी,बन्दरगौडी बिपद ब्यवस्थापन समिति अध्यक्ष संगीता चौधरी,थारु महिला अगुवा शान्ति चौधरी,भलबन्सा,MPDS कि चन्द्रा शर्मा , माघुराम चौधरी लगायतकाले मन्तब्य राखेका थिए ।

कार्यक्रमको सहजीकरण तथा संचालन MPDS का राजेन्द्र रैका ले गरेका थिए ।कार्यक्रममा बिभिन्न वडाका जनप्रतिनिधि,कर्मचारी, स्थानीय विभिन्न संघसंस्था,बडघर भलमन्साहरु ,सहकारी ,बन समिती लगायतको सहभागीता लगायत सिमान्तकृत समुदायको सहभागीता रहेको थियोे ।