पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, क्षतिको विवरण छैन

Image
Nisarga Hospital

पेरुको मध्य क्षेत्रमा बिहीबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्प ९९ किलोमिटर गहिराइमा गएको हो। यसको केन्द्रबिन्दु एन्डिज पर्वत क्षेत्रमा पर्ने एनिसोबाट करिब ३१ किलोमिटर उत्तरपश्चिममा रहेको थियो।

CP Hospital Dhangadhi

भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दा त्रसित हुँदै घरबाहिर सडकमा निस्किएका थिए। यद्यपि, प्रारम्भिक विवरणअनुसार भूकम्पबाट मानवीय क्षति वा भौतिक संरचनामा ठूलो क्षति भएको जानकारी प्राप्त भएको छैन।

पेरुको जियोफिजिकल इन्स्टिच्युट (आईजीपी) का प्रमुख हर्नान्डो ताभेराले भूकम्प गहिराइमा गएको भएकाले ठूलो क्षति हुनबाट जोगिएको बताएका छन्। स्थानीय रेडियो आरपीपीसँग कुरा गर्दै उनले मानिसहरू डरका कारण सडकमा निस्किए पनि कुनै ठूलो प्रभाव नपरेको बताए।

nawajiwan
Attariya Hospital

आईजीपीले सुरुमा भूकम्पको तीव्रता ७.२ म्याग्निच्युड रहेको जनाएको थियो। पछि यूएसजीएसले त्यसलाई संशोधन गर्दै ६.७ म्याग्निच्युड कायम गरेको हो।

पेरु प्रशान्त महासागर वरिपरि फैलिएको भूकम्पीय क्षेत्र ‘प्यासिफिक रिङ अफ फायर’ मा पर्छ। विश्वको दोस्रो ठूलो तामा उत्पादक पेरुमा अधिकारीहरूले सम्भावित क्षतिको अवस्थाबारे निगरानी जारी राखेका छन्।