टी–२० अलराउन्डर वरियतामा दीपेन्द्र ऐरी तेस्रो स्थानमा

Image
Nisarga Hospital

नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउन्डर वरियतामा तेस्रो स्थानमा उक्लिएका छन्। पछिल्लो वरियताअनुसार ऐरीले २५६ रेटिङ अंक प्राप्त गरेका छन्।

CP Hospital Dhangadhi

वरियताको शीर्ष स्थानमा जिम्बाब्वेका कप्तान सिकन्दर राजा ३२० अंकसहित छन् भने पाकिस्तानका साइम अयुब २७५ अंकसहित दोस्रो स्थानमा छन्। ऐरीले आसन्न एसिसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गर्न सके शीर्ष स्थानमा पुग्ने सम्भावना रहेको छ।

नेपालका अन्य खेलाडीमध्ये कुशल भुर्तेल १४० अंकसहित २७औँ स्थानमा छन्। रोहितकुमार पौडेल, गुलशन झा र कुशल मल्ल पनि टी–२० अलराउन्डर वरियतामा रहेका छन्।

nawajiwan
Attariya Hospital

ऐरीको पछिल्लो उपलब्धिले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रभावलाई समेत देखाएको छ। उनले ब्याटिङ र बलिङ दुवैतर्फ निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। आईसीसीको पछिल्लो सूचीमा उनी आफ्नो करिअरकै उच्च २५६ रेटिङ अंकसहित तेस्रो स्थानमा छन्।