देशभर मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा अधिकांश भूभागमा सामान्यदेखि आंशिक बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi

हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागसँगै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

nawajiwan
Attariya Hospital

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षाले दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पार्न सक्ने महाशाखाको भनाइ छ।

महाशाखाले मौसमसम्बन्धी पछिल्ला सूचना तथा पूर्वानुमान नियमित रूपमा अद्यावधिक गर्दै आएको जनाएको छ। मौसम बुलेटिन दैनिक बिहान ८ बजे र साँझ ६ बजे अद्यावधिक हुने भएकाले आवश्यक जानकारी लिएर मात्र यात्रा तथा अन्य गतिविधि गर्न आग्रह गरिएको छ।