भाद्र २० देखि धनगढीमा हुने गौरा महोत्सवका लागि डेउडा प्रतिष्ठानद्वारा उपसमिति गठन

Image
Nisarga Hospital

धनगढीः सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको गौरा पर्वको अवसरमा सुदूरपश्चिम गौरा महोत्सवको ११औँ संस्करण भाद्र २० देखि धनगढीमा हुने भएको छ ।

CP Hospital Dhangadhi

हरेक वर्ष डेउडा प्रतिष्ठानको आयोजना हुँदै आएको गौरा महोत्सवलाई यस वर्ष पनि भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले सुदूरपश्चिम गौरा महोत्सव आयोजक उपसमिति गठन गरिएको महासचिव तोयनाथ भट्टले बताउनु भयो । डेउडा प्रतिष्ठानका उपमहासचिव समेत रहनुभएका प्रेमबिवश चन्दको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरिएको छ । सदस्यमा भक्तराज जोशी , बिष्णुभक्त खैर,प्रकाश बहादुर साउँद, सरिता कठायत, धनसरा साउँद,गगन सिंह ऎर रहनु भएको छ ।

Attariya Hospital

बिगत ११ बर्ष देखि गर्दै आएको सुदूरपश्चिम गौरा महोत्सवमा सुदूरपश्चिमको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनसँगै नयाँ पुस्तालाई आफ्नो कला, संस्कार संस्कृतिसँग जोड्ने र पुस्तान्तरण गर्ने मुल उद्देश्य रहेको डेउडा प्रतिष्ठानका उपमहासचिव एवं उपसमिति संयोजक प्रेम बिबश चन्दले बताउनु भयो ।
महोत्सवलाई विगतका वर्षभन्दा अझ थप व्यवस्थित, प्रभावकारी र आकर्षक बनाउने तयारी भइरहेको छ। विद्यालय स्तरीय डेउडा प्रस्तुति , सुदूरपश्चिमका चर्चित गायक गायिका (डेउडिया) हरूलाइ आमन्त्रण गरेर डेउडा दोहोरी लोक साँस्कृतिक झाँकी , एकल गायन नृत्य संग अतिरिक्त कार्यक्रमहरू रहेको डेउडा प्रतिष्ठानका सचिव एवं उपसमिति सदस्य बिष्णु भक्त खैरले बताउनु भयो ।

nawajiwan

गौरा पर्व सुदूरपश्चिमको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा परिचित छ। यस अवसरमा आयोजना हुने गौरा महोत्सवले गौरा संस्कृतिको संरक्षणसँगै यसको व्यापक प्रचार–प्रसारमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।