गोपाल हमालको नेतृत्वमा दोस्रोपटक बडीमालिका माताको डोलीसहित सरकारी टोली बाजुरा प्रस्थान

Image
Nisarga Hospital

धनगढीः धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको नेतृत्वमा बडीमालिका माताको डोलीसहित सरकारी टोली दोस्रोपटक बाजुरातर्फ प्रस्थान गरेको छ। बडीमालिका मन्दिरमा दर्शन तथा विशेष पूजाआजाका लागि टोली परम्परागत विधिअनुसार पदयात्रामा निस्किएको हो।

CP Hospital Dhangadhi

टोलीलाई धनगढी उपमहानगरपालिकाबाट फूलमाला, अबिर तथा पञ्चेबाजासहित धार्मिक तथा सांस्कृतिक विधिपूर्वक बिदाइ गरिएको थियो। टोलीले बडीमालिका मन्दिरमा पुगेर विशेष पूजा तथा दर्शन गर्ने जनाइएको छ।

बाजुरास्थित बडीमालिका मन्दिर धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण तीर्थस्थलका रूपमा परिचित छ। तत्कालीन जुम्ला र डोटी राज्यको समयदेखि विशेष तिथिमा सरकारी पूजा टोली डोली, पञ्चेबाजा र सलामीसहित बडीमालिका जाने परम्परा रहँदै आएको बताइन्छ।

nawajiwan
Attariya Hospital

धनगढी उपमहानगरपालिकाले यस ऐतिहासिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै दोस्रोपटक डोलीसहित सरकारी टोली बडीमालिका पठाएको हो। परम्परागत डोली यात्रा धार्मिक आस्थासँगै सुदूरपश्चिमको मौलिक संस्कृति र पहिचानसँग जोडिएको छ।

पछिल्लो समय बडीमालिका धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यसमेत बन्दै गएको छ। सरकारी टोलीको परम्परागत यात्रा तथा धार्मिक गतिविधिले बडीमालिका क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण र सुदूरपश्चिमको ऐतिहासिक पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।