कर्नाटकविरुद्ध नेपाल लगातार दोस्रो जित, देव खनालको शतक

Image
Nisarga Hospital

भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले कर्नाटकविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि शानदार जित हात पारेको छ। नेपालले कर्नाटकलाई ५ विकेटले पराजित गर्दै अभ्यास यात्रामा लगातार दोस्रो जित दर्ता गरेको हो।

CP Hospital Dhangadhi

कर्नाटकले दिएको २४३ रनको लक्ष्य नेपालले ४४ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा देव खनालले उत्कृष्ट शतकीय पारी खेले। उनले ११३ बलमा अविजित १०० रन बनाउँदै टोलीको जित सुनिश्चित गरे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्नाटकले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४२ रन बनाएको थियो। नेपालको बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए भने हेमन्त धामीले २ विकेट हात पारे।

nawajiwan
Attariya Hospital

नेपालले पहिलो अभ्यास खेलमा पनि कर्नाटकलाई ११६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। लगातार दुई जितसँगै नेपाली टोलीको आत्मविश्वास बढेको छ।

भारतमा थप अभ्यास खेल खेलेपछि नेपाली टोली एसीसी प्रिमियर कपका लागि मलेसिया प्रस्थान गर्नेछ। प्रतियोगिताको समूह चरणमा नेपालले भदौ १५ गते बहराइनसँग पहिलो खेल खेल्ने तालिका छ।