होर्मुजलाई ‘अमेरिकी क्षेत्र’ दाबी गर्दै ट्रम्प, इरानले भन्यो– ‘भ्रम’

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुजलाई ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने दाबी गरेका छन्। दक्षिण क्यारोलिनाको मर्टल बीचमा आयोजित ¥यालीलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकाले होर्मुज क्षेत्रमा ‘पूर्ण नियन्त्रण’ कायम गरेको दाबी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्।

CP Hospital Dhangadhi

ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गर्दै तेहरानलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउन नदिने चेतावनीसमेत दिएका छन्। परमाणु हतियार निर्माण गरे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने उनको भनाइ छ।

ट्रम्पको दाबीलाई इरानले भने कडा रूपमा अस्वीकार गरेको छ। इरानी उपविदेशमन्त्री काजेम घरिबाबादीले उनको भनाइलाई ‘भ्रम’ को संज्ञा दिँदै परिस्थितिले त्यसको जवाफ दिने चेतावनी दिएका छन्। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाईले पनि अमेरिकाले होर्मुजमाथि स्वामित्व दाबी गर्नु अव्यावहारिक भएको टिप्पणी गरेका छन्।

nawajiwan
Attariya Hospital

तेहरान र वासिङ्टनबीच पछिल्लो समय होर्मुजलाई लिएर तनाव चुलिँदै गएको छ। इरानी संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले अमेरिकाले १४ बुँदे समझदारीअनुसार नाकाबन्दी हटाउने, रोकिएका इरानी सम्पत्ति फुकुवा गर्ने र तेल प्रतिबन्ध खुकुलो बनाउने प्रतिबद्धता पूरा नगरेसम्म होर्मुज पूर्ण रूपमा नखोलिने बताएका छन्।

विश्वको ठूलो हिस्सा तेल तथा ग्यास आपूर्ति हुने यो जलमार्गमा देखिएको तनावले विश्व ऊर्जा बजार र अन्तर्राष्ट्रिय व्यापारमा समेत प्रभाव पार्न सक्ने चिन्ता बढेको छ।