युक्रेनको क्रिभी रिहमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

Image
Nisarga Hospital

युक्रेनको मध्यभागमा रहेको क्रिभी रिह सहरस्थित एक सपिङ मलमा रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार आक्रमणमा २३ बालबालिकासहित १३० जना घाइते भएका छन्।

CP Hospital Dhangadhi

आक्रमणपछि सपिङ मलमा ठूलो क्षति पुगेको छ भने भग्नावशेषमा अझै केही मानिस फसेको हुनसक्ने आशंका गरिएको छ। उद्धार तथा खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा दिउँसो दुई चरणमा आक्रमण भएको बताएका छन्। उनका अनुसार पहिलो ड्रोन आक्रमणपछि राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्तालाई लक्षित गर्दै दोस्रो आक्रमण गरिएको थियो।

nawajiwan
Attariya Hospital

जेलेन्स्कीले घटनालाई ‘अत्यन्तै निन्दनीय’ भन्दै आक्रमणको कडा आलोचना गरेका छन्। उनले सर्वसाधारणलाई लक्षित गरी भएको आक्रमणले युद्धको मानवीय क्षति थप भयावह बनाएको बताएका छन्।

बीबीसीले प्रमाणीकरण गरेको भिडियोमा दोस्रो ड्रोन पहिले नै आगलागी भइरहेको सपिङ सेन्टरमा ठोक्किएको देखिएको छ। आक्रमणपछि घटनास्थलमा आगो नियन्त्रण, घाइतेको उद्धार तथा भग्नावशेष हटाउने काम अघि बढाइएको छ।

घटनाबारे रुसी सेनाले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। आक्रमणको जिम्मेवारीबारे रुसको औपचारिक धारणा सार्वजनिक नभएकाले घटनाका थप विवरणबारे अनुसन्धान भइरहेको छ।