६ सय दिनभित्र भूमिहीनलाई लालपुर्जा दिने सरकारको लक्ष्य : मन्त्री रावल

Image
Nisarga Hospital

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन परिवारलाई लालपुर्जा वितरण गर्ने कार्यलाई सरकारले अभियानकै रूपमा अघि बढाएको बताएकी छन्।

CP Hospital Dhangadhi

शनिबार धनगढीमा भूमि समस्या समाधान समिति कैलालीको बैठकलाई सम्बोधन गर्दै मन्त्री रावलले ६ सय दिनभित्र भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिसक्ने सरकारको लक्ष्य रहेको जानकारी दिइन्। उनले भूमि सम्बन्धी कामलाई उच्च प्राथमिकतामा राखेर तीव्र गतिमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइन्।

भूमि समस्या समाधानका लागि सरकारले आवश्यक स्रोतसाधन र जनशक्ति उपलब्ध गराउने बताउँदै उनले स्थानीय तहसँग प्रभावकारी समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिइन्। कैलालीमा पनि छिटोभन्दा छिटो लालपुर्जा वितरण गर्ने तयारी भइरहेको उनको भनाइ छ।

nawajiwan
Attariya Hospital

मन्त्री रावलले सहकारी पीडितको बचत रकम फिर्ता गर्ने प्रक्रिया पनि अघि बढिसकेको बताइन्। उनका अनुसार हालसम्म करिब चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता भइसकेको छ।

कैलाली र कञ्चनपुरको भ्रमणका क्रममा शनिबार धनगढी पुगेकी मन्त्री रावलले भूमि समस्या समाधान र सहकारी पीडितको रकम फिर्तालाई सरकारको प्राथमिकतामा राखिएको स्पष्ट पारिन्।